हेर्नुहोस आजको माछा फलफुल तरकारीको मूल्य कति पुग्यो ? (पूर्ण विवरण)
काठमाडौँ, २६ असार ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिको पछिल्लो विवरण अनुसार तरकारी र फलफूलको मूल्यमा केही फेरबदल देखिएको छ ।
समितिका अनुसार शुक्रबार नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ र अधिकतम ५० रुपैयाँ तोकिएको छ । यस्तै, सानो स्थानीय गोलभेडा न्यूनतम १० देखि अधिकतम १५ रुपैयाँ र टनेलको सानो गोलभेडा १७ देखि २८ रुपैयाँमा कारोबार भइरहेको छ । आलुतर्फ रातो आलु (लाम्चो) ४० देखि ४७ रुपैयाँ, गोलो रातो आलु ४३ देखि ४६ रुपैयाँ, मुडेको रातो आलु ४३ देखि ४६ रुपैयाँ र भारतीय रातो आलु तथा सेतो आलु दुवैको मूल्य प्रतिकेजी २८ देखि ३० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, भारतीय सुकेको प्याज प्रतिकेजी ५२ देखि ५५ रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय गाजर ९० देखि १०० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँ तोकिएको छ । यस्तै, स्थानीय बन्दा ३५ देखि ५० रुपैयाँ र स्थानीय काउली ३० देखि ४५ रुपैयाँमा उपलब्ध छ । काक्रोतर्फ स्थानीय काक्रो ६० देखि ७० रुपैयाँ, हाइब्रिड काक्रो १५ देखि २० रुपैयाँ र लोकल क्रस काक्रो ६० देखि ७० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।
त्यसैगरी, रातो मूला ३० देखि ३२ रुपैयाँ, हाइब्रिड सेतो मूला १५ देखि २० रुपैयाँ, लाम्चो भन्टा १० देखि २५ रुपैयाँ र डल्लो भन्टा २५ देखि ३५ रुपैयाँमा पाइन्छ । बोडी र सिमीतर्फ तने बोडी २५ देखि ३५ रुपैयाँ, मकै बोडी ४० देखि ५० रुपैयाँ र मटरकोशा १२० देखि १४० रुपैयाँ तोकिएको छ । स्थानीय र हाइब्रिड घिउ सिमी ३० देखि ४० रुपैयाँ, राजमा सिमी ७० देखि ८० रुपैयाँ र टाटे सिमी ५० देखि ६० रुपैयाँ रहेको छ ।
यस्तै, भटमासकोशा ८० देखि १०० रुपैयाँ, तितो करेला २० देखि ३० रुपैयाँ, लौका २५ देखि ३५ रुपैयाँ, स्थानीय परवर ३० देखि ४० रुपैयाँ र तराईको परवर २० देखि ४० रुपैयाँ छ । चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ, झिगूनी ३० देखि ४० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० देखि ५० रुपैयाँ र डल्लो हरियो फर्सी १५ देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ । भिण्डी २० देखि ३५ रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ३५ देखि ५० रुपैयाँ तोकिएको छ ।
सागसब्जीतर्फ रायोको साग ३० देखि ४० रुपैयाँ, पालूगो, चमसूर र सौफको साग ५० देखि ६० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ, हरियो प्याज ८० देखि १०० रुपैयाँ र जिरीको साग ८० देखि ९० रुपैयाँ रहेको छ । च्याउतर्फ कन्य च्याउ २४० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पर्नेछ ।
यसैगरी, कुरीलो २५० देखि ३०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ३५ देखि ५० रुपैयाँ, चुकुन्दर ५० देखि ७० रुपैयाँ र रातो बन्दा ६० देखि ७० रुपैयाँ तोकिएको छ । सेलरी र पुदीना १८० देखि २०० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ, गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० देखि २५० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँमा पाइन्छ । कागती १४० देखि १७० रुपैयाँ, अनार ४५० देखि ५०० रुपैयाँ, मालदह आँप १५० देखि १६० रुपैयाँ, दसहरी आँप १६० देखि १७० रुपैयाँ र हरियो तरबुजा ६० देखि ७० रुपैयाँ रहेको छ । जुनार २७० देखि ३०० रुपैयाँ, भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर ४० देखि ५० रुपैयाँ र चिनियाँ नासपाती २५० देखि २७० रुपैयाँ तोकिएको छ । काँचो नरिवल ६० देखि ७० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, स्थानीय लिच्ची २५० देखि ३०० रुपैयाँ र भारतीय लिच्ची ३०० देखि ३५० रुपैयाँ कायम गरिएको छ ।
अदुवा १५० देखि २०० रुपैयाँ र सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ तोकिएको छ । हरियो लाम्चो खुर्सानी ४० देखि ५० रुपैयाँ, बुलेट खुर्सानी ३० देखि ३५ रुपैयाँ, माछे खुर्सानी ३० देखि ५० रुपैयाँ, अकबरे खुर्सानी २०० देखि २५० रुपैयाँ, भेडे खुर्सानी ४० देखि ६० रुपैयाँ र हरियो लसुन ८० देखि १२० रुपैयाँ छ । हरियो धनियाँ ६० देखि ८० रुपैयाँ र सुकेको माछा ८०० देखि १००० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।
माछाको मूल्यतर्फ रहु माछा प्रतिकेजी ३२० देखि ३४० रुपैयाँ तथा बचुवा र छडी माछा २८० देखि ३०० रुपैयाँ तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
