प्रेस कार्ड बोकेर चोरी गर्ने दुई पक्राउ ! सतर्कतासँगै सावधान बनौं
काठमाण्डौ – लकडाउनको मौका छोपर होस्टलका सामान चोरी गर्ने दुई जना काठमाण्डौमा पक्राउ परेका छन् ।
सिनामंगलको आरेर ५१ ब्याएज होस्टलबाट ४ थान ल्यापटप र भत्केको पुलबाट ल्यापटप र आइप्याड चोरी गर्ने बाराका अली आलम मिया र सुनसरीको इटहरीका हिमाल रसाईली पक्राउ परेका महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन एक टिभीको प्रेस कार्ड देखाएका थिए ।
उनीहरुको साथबाट ल्यापटप, आइप्याड, ५३ हजार रुपैयाँ नगर, ३ सय अमेरिकी डलर र धारिलो हतियार बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले एक टेलिभिजनको प्रेस कार्ड देखाएर उम्कन खोजेका तर उक्त परिचयपत्र नक्कली रहेको प्रहरीले जनाएको छ ।