सलह किराकाे फौज पाल्पा पसेसँगै थाल ठटाएर भगाउन थाले किसानहरू

पाल्पा, १५ असार ।

पाल्पामा पनि सलह किराकाे फौज प्रवेश गरेसँगै किसानहरू चिन्तित भएका छन् । सलह रुपन्देहीको बुटवल हुँदै शनिबार मध्यान्हपछि पाल्पा छिरेका थिए । दक्षिणबाट उत्तरतिर बहिरहेको हावाको वेगसँगै आएको सलहको फौज पाल्पाको तिनाउ गाउँपालिका हुँदै अन्य क्षेत्र माथागढी गाँउपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउपालिका र केही थोरै संख्यामा तानसेन नगरपालिकाभित्र पनि देखिएको छ ।

पाल्पामा शनिवारको मौसम हल्का पानि परिरहेको र ढुढ्सी लागीरहेको हुनाले गर्दा सलहको समूह तितरबितर भै सबै एउटै झुण्डमा हुन नसकेको र पाल्पाका कतिपय स्थानहरुमा सलह वास बसेको अनुमान कृषि विज्ञहरुको छ ।

सहल देखिएको स्थानहरुका कृषकहरुले सहललाई आफ्नो अन्नबालीमा र वरपर बस्न नदिनको लागि धुवाँको मुस्लो निकाली, थाल, टिन तथा भाडा ठटाएर ठुलो-ठुलो आवाजका स्पीकरहरु बजाएर भगाउने काम समेत गरिरहेका छन् ।

आइतबार बिहानै तिनाउँगाँउपालिका–२, झ्याङला क्षेत्रमा सलह वास बसेर किसानलाई सताएको जानकारी स्थानीयहरुले कृषि ज्ञान केन्द्र पाल्पालाई दिएका थिए । यससँगै ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालसहित प्राविधिक टोली झ्याङ्ला पुगेको थियो ।

शनिबार बेलुकीपख प्रवेश गरेको सलह तिनाउ गाउँपालिका दोभानको विभिन्न गाँउ पासकुण्ड, बुढासटक, बगाहा गाउँको जंगलका रुखहरूमा समेत हजारौँको संख्यामा राति वास वसेको स्थानीयहरुले बताएका छन् ।

सलहले पानी पर्दा केही नगर्ने र पानी रोकिनासाथ खेतबारीमा लगाएका पलौटे तथा कमलोघाँस, मकै, धानको बीउ समेत खाइदिन सक्ने हुँदा किसानहरुलाई सजग र सर्तक हुन निर्देशन दिइएकाे छ । साथै सलह भगाउने विभिन्न उपायहरु अपनाउन कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले भन्नुभएको छ । उहाँका अनुसार किसानले थाल, टिन ठटाउने, आगो बालेर धुवाँ निकाल्ने तथा होहल्ला गरेर सलह धपाउने प्रयास गरिरहेका छन् ।

अहिलेसम्म पाल्पामा सलहले कतैकतै अन्नबालीका पात खाएको भए पनि खासै नोक्सानी भने नगरेको अर्याल बताउनुहुन्छ । पाल्पामा पानी परिरहेको, ढुढ्सी लागिरहने भैरहेको अवस्थाले गर्दा सलह कीराहरु अन्य रुखहरूमा वास बसेको देखिन्छ । मौसम खुल्ने र घाम लाग्ने भएमा चाहिँ अन्नबालीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै सबैलाई सजग र सर्तक रहन समेत अर्यालले आग्रह गर्नुभयाे ।

प्रदेश ५ सरकारले सलहको प्रभाव कम गर्नको निमित्त र किसानहरुलाई प्रोत्साहन स्वरुप १ केजी सलह समात्नेलाई रु २० को दरले सम्बन्धित वडा कार्यालयमार्फत खरिद गर्ने र जतिखेर लगे पनि तुरुन्त भुक्तानी पाउने व्यवस्था समेत गरेको छ । न्युज24 मा खबर छ

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments