‘ गुन्द्रुक ‘ नेपालको रैथाने परिकार

गुन्द्रुक भन्दा दुःखको छाक टार्ने मेलो मानिदै आएको छ । ढेडो र गुन्द्रुक भन्नसाथ अभावको बेला भोको पेट भर्ने खान्की मानिन्थ्यो ।
‘ हौ तिम्रामा आउनु त भन्छौ, खसी काट्ने हो भने आइन्छ, गुन्द्रुकै खान त के आउनु हो त्यत्रो बाटो धाइधाई’ हस्यौलीमै गुन्द्रुकको मानमर्दन गर्दिन्थे मान्छे।

बरु जीवनभर गुन्द्रुक खाएर बसिन्छ तर फलानाको पाऊ पर्न गइन्न’ भनेर अड्डी कस्न सक्छ मान्छेले।जग्गा बेचूँ त भन्या, गुन्द्रुकको दाममा दिन सकिन्न, भनेको दाम हाल्न कोही आएन’ जग्गावाल निर्दोष गुन्द्रुकमाथि नै प्रहार गर्छ।तर अहिले फरक छ । त्यही ढेडो र गुन्द्रुक सहरिया पुस्तामा लोकप्रिय बन्दै गएको छ । विदेशी आगन्तुक परिकारलाई प्रवर्धन गर्दै जाँदा आफ्नै मौलिक उत्पति लाई परित्याग गर्नु मुर्खता हुन्छ । जसरी नयाँ नयाँ जातिका फल जस्तै ( dragon fruit ) , (kiwi),(strawberry) अनि अरू थुप्रै पूर्वीय होस् या पश्चिमी प्रभाव नेपालमा व्यापक बनिरहेछ त्यसै गरी गुन्द्रुक लाई पनि विश्व भरि नेपाली रैथाने परिकार भनी चिनाउनु आवस्यक छ ।गुन्द्रुक ठुलो कोशेली हो अहिले। गुन्द्रुकको पहिचान अहिले देसको सिमा काटेर संसारका बडेबडे बिकसित सहरमा पुगेको छ।

गुन्द्रुक रैथाने भएतापनि अवस्था कस्तो छ भने ढेडो र गुन्द्रुक चाख्न अब गाउँ होइन सहरका तारे उत्कृष्ठ रेस्टरेन्टहरुमा खोज्नु पर्छ । विदेशी पर्यटकहरुले पनि नयाँ स्वादको खोजी गर्दै गर्दा गुन्द्रुक लोकप्रिय बन्दै छ। अहिले गुन्द्रुकको माग यति सम्म छ कि काठमाडौं को कालिमाटीमा प्रति केजी २००-३०० मा पनि व्यापार भएको पाइन्छ । जुन बोईलर कुखुराको मासु भन्दा पनि महंगो रहेको देखिन्छ । अझै गुन्द्रुकको माग पुग्न नसकेर चीन बाट १ लाख को आयात गरेको समाचार पत्रिकामा भेटिन्छन् जुन नेपाल को लागि लाजमर्दो हुन जान्छ । युरोप अमेरिकाका नेपाली किराना पसलमा गएर कराईमा एक छाक झ्वाइँय ओइरिने गुन्द्रुकलाई डलर दाम तिरेर नेपाली रूप्पेमा निकाल्दा रु. ५०० परेको नभोगुन्जेल हामीले गुन्द्रुकको मूल्य कहिले थाहा पाउने छैनौ जस्तो देखिन्छ।

कसरी तयार पार्ने त गुन्द्रुक ?

  • गुन्द्रुक प्राय: रायो , तोरी , मुला र काउलीको साग घाममा ओइलाएर तयार पारिन्छ ।
  • सुकेपछि साग लाई ढुङ्गा या फलाम को ओखलमा कुटिन्छ र त्यसबाट निस्केको रस निचोरेर डिब्बा वा प्लास्टिकमा खडिन्छ र हावा नपस्ने गरी बन्द गरिन्छ । बन्द गरिसकेपछि घाम मा सुकाइन्छ ।
  • घाम मा लगभग १ , २ हप्ता राखिन्छ , १ हप्ता पछि साग को रंग परिवर्तन भई पहेंलो हुन्छ र अमिलो हुँदै जान्छ ।
  • यसरी अमिलो भइसकेको गुन्द्रुक डिब्बा बाट निकालेर फेरि घाम मा सुकाइन्छ र झुरुम झुरूम हुने गरी सुकाएसि गुन्द्रुक तयार हुन्छ ।

गुन्द्रुक का परिकार

  • ढेडो र गुन्द्रुक सँगै खाइने हुना ले गुन्द्रुक को झोल बनैनिछ ।
  • यसरी झोल बनाउँदा अझ सुरुमा भटमास भुटेर बनाउन सकिन्छ ।
  • आलु र गुन्द्रुक को जोडी मिठो र स्वादिष्ट हुन्छ ।
  • काँचो गुन्द्रुक लाई कागती , टिमुर , नुन , खुर्सानी , धनियाँ सँग भुटेर चाटनिको रूपमा पनि खान सकिन्छ ।

गुन्द्रुकका फाइदाहरु

  • हेर्दाखेरि हरियो सागलाई कुहाएर बनाएको र सुकेपछि पोषण हराएको भनी बुझिएको पाइन्छ तर यस्तो नरहेको कुरा गुन्द्रुकको गुण ले प्रष्ट गर्दछ । गुन्द्रुक मा शरीरलाई चाहिने प्रस्तथ मात्रा मा खनिज तत्व हुन्छन् र साथै भिटामिन A र D पनि हुन्छ ।
  • गुन्द्रुक को सेवनले आँखालाई फाइदा गर्दछ । आखाँ चिलाउने , दुख्ने , सुख्खा हुने समस्या कम हुन्छ ।
  • गुन्द्रुकको नियमित सेवन ले तौल घटाउन पनि मद्दत पुर्याउछ ।ग्यास्ट्रिक र अल्सर बिरामीले पनि गुन्द्रुकको सेवन गर्दा फाइदा गर्ने मानिन्छ ।
  • कोलेस्टेरोल को समस्यामा पनि रायोको गुन्द्रुक सेवन गर्दा कोलेस्टेरोल कम भएको पाइन्छ ।
  • भिटामिन D भएकोले हड्डी बलियो बनाउने काम गर्दछ गुन्द्रुक ले ।
  • जाडोमा तात्तातो गुन्द्रुकको झोल पिउँदा शरीर फुर्तिलो हुने र चिसो बाट पनि जोगिन सकिन्छ ।

नेपालकै मौलिक भएको र आधुनिक पुस्तामा पनि लोकप्रिय हुँदै गरेको गुन्द्रुक लाई प्रबर्धन गर्न सके राम्रो बजार पनि पाउँछ । गुन्द्रुकको माग अनुसार आवश्यकता पूर्ति गर्न सके नाफा पनि हुन्छ । गुन्द्रुक को आफ्नै ब्रान्ड या (patent right) लिएर विदेशमा समेत निर्यात गर्न सकिन्छ । यसो गर्न का लागि घरेलु उद्योग पनि सञ्चालन गर्न सकिन्छ । थोरै मात्रै लगानी गरेर धेरै नाफा उठाउन सकिन्छ । बारी मा र सब्जी मण्डी हरुमा खेर जाने काउलीको पात र ओईलिएका सागको पनि प्रयोग हुन्छ । यसरी त पातहरू खेर जान बाट पनि बाँच्ने अनि गुन्द्रुक बनाएर खान र व्यापार गरेर रकम कमाउन पनि सकिने । त्यसैले गुन्द्रुक त गुन्द्रुक नै भयो अझै यस्तै कति नेपाली रैथाने वस्तुलाई चिनेर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा फैलाउनु सके केही परीवर्तन हुन्थ्यो कि ?

Writer: Nom Raj Mahato (Student, Bsc. Ag IAAS Paklihawa Campus)

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments