कहिले रोकिने होलान् किसानका दुःखका आँशु

नमस्कार, म हाल रामपुर कृषि क्याम्पस(IAAS) चितवनमा चौधौँ सत्रानन्तमा अध्ययनरत् छात्र बिशाल खनाल/(योगेश)हुँ।कृषि प्रधान देश भएको हुनाले,केही नयाँ संभावना बोकेको क्षेत्र र यस क्षेत्रमा केही गर्न सकिन्छ र यसलाई अझैं उचाईंको बिन्दुमा उकास्न सकिन्छ भन्ने वैचारिक सोचले गर्दा मलाई यस पढाइप्रति ईच्छा जागेर आयो।

आज मैले यहाँ उल्लेख गर्ने हरेक विषयवस्तु, म स्वयं आफूले देखेको र आफ्नो पढाइको क्रममा कुनै ठाउँ वा अन्य कुनै स्थान घुम्ने बेला मेरो वैचारिक सोचमा उत्पन्न भएका कुरालाई वा आफ्नै आँखाले देखेका अथवा किसानको मुखबाट सुनेको समस्या होस् यहाँ उहाँहरूले भोगेका पीडा महशुस गरि आफ्नो यस छोटो लेखबाट प्रस्तुत गर्ने खोजेको छु। थाहा छैन मैले उहाँहरुको पीडा मर्कालाई कतिको स्थान वा न्याय दिन सक्छु।त्यसैले मैले आफ्ना मनमा लागेका वेदना यसै सेता भित्मा कालो मसीले कोर्न कोशिस गरेको छु।

खै! कसरी कुन शब्दबाट सुरु गरू लागेको छ यो लेख लेख्नको लागि।कृषि मुलुक देश भएको हुनाले, मैले कृषिप्रति को विकास र विस्तारको कुरा गरेर वा प्रसंशा गरेर नथाक्ने गरी लेख्ने मन थियो तर मैले त्यो लेख्न सकिन।त्यसैले मैले यो सब लेख्न मन हुँदा हुँदा पनि लेख्न बाटोबाट टाढिन परो,त्यसैले मैले मेरा देशका किसानहरुले भोगान परेका पीडा, मर्का र समस्याको बारेमा लेख्न बाध्य भए।उहाँहरूले दिनौ दिन केही न केही नयाँ यहाँ उही पुरानो समस्याले घेरिनु वा बादिनु परेको छ।धेरै विश्वास र संभावना बोकेको देशको किसानको अवस्था त विविध कारणले गर्दा यस्तो दयनीय छ।

हरेक विविधता भूगोल भएको हावापानी, मौसम देखि सबै कुरामा सम्पन्न भए पनि किन सोचे र आटे जस्तो विकास हुन नसकेको होला होला खै । यस्तो हुनुको कारण के र किन होला? एउटा सानो प्रश्न यस्तो प्रश्न गर्ने हो कसैबाट उत्तर नआउला भन्न पर्दै पर्दैन,हजारौँलाई सोध्ने हो भने हजारौं गतिला उत्तर आउँछन् तर के गर्नु ती उत्तर आएर मात्र, त्यही उत्तरमा मात्र सीमित भयो क्यारे।यसको समाधान र विकल्पप्रति कसैको ध्यान पुगेन की पुगेर पनि ध्यान दिएन, म यसप्रति चाहिं अज्ञान भए।

विगतका केही बर्षको अवस्था वा हालकै समस्या केलाउने हो भने पनि छर्लङ्ग हुन्छम की के कति समस्या किसानहरुले खेप्नु परेको छ भनेर।खेत होस यहाँ बारीमा जब अन्न लगाउने बेला हुन्छ कहिले उचित जातको बीउ नपाएर दुःख त कहिले समयमा मल नपाएर दुःख,हुँदा हुँदा अहिले त किसान हरुलाई प्रकृतिले पनि दुःख दिन थालिन् , बर्खा बेला पानी नपरेर असार महिना आकाश हेरेर बितो अब के हुने हो थाछैन,कहिले असिमित पानी परेर डुब्ने डर त कहिले आकस्मिरुपमा बर्षा परेर हजारौं खाध्य वस्तु वा अन्नको क्षति हुने गरेको छ।जब चाहिने बेला समयमै गुणस्तरीय बीउ मलको उपलब्ध हुन्न त्यो पछि पाएर के अर्थ बालुवामा पानी खनाए जस्तै हो, न त्यसले उचित र चाहेको उत्पादन दिन सक्छ केवल किसानलाई ऋणको भार मात्र । कहिले काँही समयमै पाइयो भने पनि मूल्य कहाँ को कहाँ पुग्छ अतो-पतो हुँदैन।कहिले कसो किसानहरुमा खुशी स्पर्छ देखिन्छ जब आफूले गरेको खेती मौलाएको देख्छन् तर अन्तिम समयमा आएर कुनै रोग यहाँ किराहरुको आतंकले सबै सखाप पर्दिन्छ अनि त्यो हाँसो र खुशी कुनै क्षेणमै उठेर वा बनी खोलाको भेल जस्तै हुन पुग्छ।किसानहरुलाई खेती लगाए देखि स्यार्न बेला सम्म सुखको निन्द्रा सुत्नु छैन,सधैं चिन्ताले पिरोलेको हुन्छ त्यो मन ।

कहिलेकाहीँ आफ्नै कलेजको pratical गर्न कुनै ठाउँ वा क्षेत्र survey गर्ने बेला जब किसान बुवाआमासँग भेट हुन्छ नि,तब उहाँहरूले आफूले सगालेर राखेका आफ्ना समस्या र पीडा पोख्ने माध्यम बनाउनु हुन्छ हाम्लाई, आँखाको गुवाभरी आँशुका भेल सगालेर अनि आफ्नो त्यो लरबरे बोलीमा बोल्नु हुन्छ। उहाँहरूको यो अवस्था देखेर हामी स्वयं निःशब्द हुन्छौं अनि आफ्नै आँखाबाट आँसु रसाउन थाल्छ आफैलाई थाहा हुदैन ।उहाँहरूले हामी प्रति ठूलो अभिलाषा राख्नु भएको हुन्छ,उहाँहरूले गरेका प्रश्नको उत्तरको रूपमा हामीले भन्छौ ,तपाईहरुको कुरालाई हामी सम्बन्धित निकाय सम्म पुर्याउने छौ भन्न बाध्य हुन्छौं।उहाँहरूले अझै कुनै चौतारी भेट्नु भएको छैन आफ्नो भारी बिसाउनको लागि।यो अवस्था कुनै ठाउँमा मात्रै सीमित छैन,हरेक नेपाली किसानहरुले भोग्न छ,आफ्नो समस्य राख्न उहाँहरूले कुनै चौतारी भेट्नु भएको छैन होला सायद अझैसम्म ।

किन ओजेलमा परे होलान् किसानहरुका समस्या?

देशका शीर्ष स्थानमा रहनु भएका व्यक्तित्वहरु त यस कुरामा सायद अबुझ नै हुनुहुन्छ होला पक्कै।गर्मीमा AC मुनि बसो अनि जाडोमा heater मा बसो ,अनि कसरी थाहा हुन्छ ती दु:खी किसानहरुले घामपानी नभनी आफ्ना नङ्ग्रा खीयाएको दिनरात नभनी झुसिलकीराले झै खेतबारीमा घुसरि खेल्नु परेको अवस्था।उहाँहरुलाई के भयो र भोको पेटलाई मज्जाले मिठो भोजनले भोर्ना पाइएकै छ भनु हुन्छ होला तर त्यही दुई छाक खाना कै लागि किसानहरुले के कस्ता समस्या भोग्नु परेको छ ।उहाँहरुलाई थाहा भएर पनि थाहा नपाए जस्तो खतरा अभिनय गर्नु हुन्छ।

विभिन्न केन्द्रिय,प्रदेश र स्थानीय सरकार छन्, छनलाई तर कुनै रोस्म अगाडि उभिएर हजारौंको बीचमा चीला कुरा गरेर सुन्धा पनि अझै सुनुम सुनाम जस्तो लाग्छ, चाहे त्यो कुनै नेता,संसद वा कुनै प्रतिनिधि नै किन नहुन,यस्ता माकुराले जालो भुने झै नेर कति सपना र आशा देखाएका हुन्छन् ति किसान बुवाआमा,दाजुभाई वा दिदीबहिनीहरुलाई,यो जुटो आश्वासन कहिले सम्म र के को लागि?कृषि क्षेत्रमा भनी छुट्याइएको चाहे त्यो बजेट, अनुदान यहाँ अरु कुनै स्रोतबाट आएको सुविधा नै किन नहोस् , जुन किसानहरुले पाउन पर्ने हुन त्यो किसानहरूले पाएका छैन।यसले गर्दा किसानहरुको मनोबल घट्ने काम मात्र भएको छ ।कृषिमा दिइने अनुदान दिन दुःखी र बिपन्नलाई भनी छुटाएको हुन्छ तर जसले पाउन पर्ने उसले पाएका छैन,केवल पाएका छन् त उही आफ्ना भनाउदाहरुले पाएका छन्। किसान यस्ता अवसरबाट वंञ्चित हुनु परेको अवस्था छ जुन हामी सबैलाई थाहा भएको कुरा नै हो।

त्यसैले लाग्छ हाम्रा किसान बुवाआमा,दाजुभाई र दिदिबहिनीहरु कहिले दुई रात सुखको निन्द्रा सुत्न पाउने।सधैं मनमा कहिले आफ्नो तरकारीले मूल्य नपाएर चिन्ता त कहिले आफ्नै बारीमा कुहिएर चिन्ता,यो दुःख र चिन्ता कहिले सम्म खेप्नु पर्ने होला।के कहिल्यै किसान सुखका दिन नआउने हुन त?कहिले उदाउने होलान् त्यो सुखको बिहानी र कहिले देख्न पाउने मुसुक्क मुस्कुराएको अनुहार छिट्टै नै आहोस् यो दिन आशा राखौ। तसर्थ किसानको सम्मान गरौं,किसान हाम्रा अन्न दाता हुन,उहाँहरूले गर्दा हामीले आफ्नो खाली पेट भर्ने पाएका छौ।उहाँहरुप्रति नमन् तथा उच्च सम्मान।

जय देश जय कृषि

​​​​​​​​

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments