गोलभेडा,भण्टा र खुर्सानी बालीका जरामा गाँठा पर्ने रोग लक्षण र व्यवस्थापन विधि जानिराखौ

जरामा गाँठा पर्ने रोग (Root Knot Nematode)
लक्षणहरू
बोट सानो र ख्याउटे भई बढ्न सक्दैन र पातहरू पहेँलिएर झर्न थाल्छ। त्यस्ता बोटको जरामा साना गिर्खाहरू बनेका हुन्छन् जसले गर्दा पछि बोट ओइलाउँछ ।
व्यवस्थापन विधि
• अन्न बालीसँग घुम्ती बाली अपनाउने ।
• खेतको खनजोत गहिरोसँग गर्ने ।
• मुख्य बालीसँग सूर्यमुखी, सयपत्री जस्ता फूलको बोटहरू रोप्ने ।
• रोगी बोटहरू उचित तरिकाले नष्ट गर्ने ।