पोलेको मकै, गाउँको मिठास

पोलेको मकै, गाउँको मिठास
ओइ हावा लै लै,
पोलेको मकैको गन्ध लै लै,
खेतैको बाटो, गोरेटो छेउ,
गाइगोरु चराउने गीत लै लै।
पोल्यो मकै, खरानीमा सेक्यो,
बुढा बज्यैको हासो बग्यो,
डल्लो नुन चोपी, चपचप खायौं,
गाउँको मिठास, मनभित्र रमायौं।
आगाको धुवाँले नाक पोल्यो,
साथीको गफले रातै भुल्यो,
पोलेको मकै, त्यो स्वादको कथा,
मनभित्र गुञ्जन्छ, पुरानै व्यथा।
सिरसिर बतास, हरिया बारी,
झ्याउरे लोकको मीठो कारी,
मकैको पोलेको स्वादमा बाँच्ने,
हाम्रो गाउले, साँचो प्यारी।
ओइ हावा लै लै,
पोलेको मकैको गन्ध लै लै,
हाम्रा गीतमा, हाम्रा सासमा,
गाउँ नै बस्छ, सधैं रमाउँछ।
✍️ जनार्दन पाण्डे