कालिमाटी बजार: के सस्तियो, के महँगियो ? हेर्नुहोस् पूर्ण मूल्य विवरण

काठमाडौँ, २३ साउन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा तरकारी, फलफूल र माछाको मूल्यमा केही उतारचढाव देखिएको छ ।

समितिले सार्वजनिक गरेको सूची अनुसार आज नेपाली गोलभेडा ठूलोको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ तोकिएको छ भने भारतीय गोलभेडा ठूलोको ७० देखि ८० रुपैयाँ रहेको छ। यसैगरी, टनेलको सानो गोलभेडा ३३ देखि ४५ रुपैयाँसम्ममा कारोबार भइरहेको छ। आलुको सन्दर्भमा रातो आलु (लाम्चो, गोलो र मुडे) को न्यूनतम मूल्य ४८ र अधिकतम ५१ देखि ५२ रुपैयाँसम्म कायम गरिएको छ। यस्तै, भारतीय रातो आलु ३५ देखि ३७ रुपैयाँ र सेतो आलु ३० देखि ३५ रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी, भारतीय सुकेको प्याजको मूल्य ५४ देखि ५७ रुपैयाँ तोकिएको छ। स्थानीय गाजरको मूल्य १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँ रहेको छ। स्थानीय बन्दा २५ देखि ३५ रुपैयाँ, स्थानीय काउली ९० देखि १०० रुपैयाँ र लोकल काँक्रो ४० देखि ५० रुपैयाँमा पाइने समितिले जनाएको छ। यस्तै, हाइब्रीड काँक्रो १० देखि १५ रुपैयाँ र लोकल क्रस काँक्रोको मूल्य ३० देखि ४० रुपैयाँ कायम गरिएको छ। रातो मुला र सेतो मुला (लोकल तथा हाइब्रीड) सबैको मूल्य २० देखि ३० रुपैयाँको बीचमा छ।

समितिका अनुसार लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँमा उपलब्ध छ। तने बोडी ८० देखि ९० रुपैयाँ, मकै बोडी ९० देखि १०० रुपैयाँ, र लोकल तथा हाइब्रीड घिउ सिमी ८० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ। टाटे सिमी ९० देखि १०० रुपैयाँ, भटमास कोशा ८० देखि १०० रुपैयाँ, तितो करेला ४० देखि ५० रुपैयाँ र लौका ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, परवर (लोकल र तराई) ५० देखि ६० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ र झिगूनी ५० देखि ६० रुपैयाँ तोकिएको छ।

पाकेको फर्सीको मूल्य ५० देखि ६० रुपैयाँ र डल्लो हरियो फर्सीको ४० देखि ५० रुपैयाँ रहेको छ। त्यसैगरी, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ, स्कूस ४० देखि ५० रुपैयाँ र रायोको साग १०० देखि १५० रुपैयाँमा कारोबार भइरहेको छ। पालूगो साग २०० देखि २५० रुपैयाँ, तोरीको साग ८० देखि १२० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँ पर्नेछ। च्याउतर्फ कन्य च्याउ २५० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ।

यसैगरी, कुरिलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १२० देखि १४० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँमा पाइनेछ। सजिवन २५० देखि ३०० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग ४०० देखि ५०० रुपैयाँ, सेलरी २०० देखि २५० रुपैयाँ, पार्सले १४०० देखि १५०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ र पुदीना ४०० देखि ५०० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, गान्टे मूला १०० देखि १५० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ र गुन्द्रुक ३०० देखि ३५० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ फूजी स्याउको मूल्य २८० देखि ३०० रुपैयाँ, नेपाली केरा २५० देखि ३०० रुपैयाँ (दर्जन), मालभोग केरा १८० देखि २०० रुपैयाँ (दर्जन), कागती २०० देखि २३० रुपैयाँ र अनार ३०० देखि ४०० रुपैयाँ रहेको छ। त्यसैगरी, मालदह आँप २५० देखि २८० रुपैयाँ, चोसा आँप २३० देखि २५० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ र भुईँ कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँमा पाइनेछ। रुख कटहर ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ८० देखि ९० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ४०० देखि ५०० रुपैयाँ र अमला २४० देखि २८० रुपैयाँ तोकिएको छ। काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ३५० देखि ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ र हरियो खुर्सानी (लाम्चो, बुलेट, माछे) ६० देखि ७० रुपैयाँ रहेको छ। अकबरे खुर्सानी २०० देखि २५० रुपैयाँ, भेडे खुर्सानी ९० देखि १०० रुपैयाँ, हरियो लसुन १०० देखि १८० रुपैयाँ, हरियो धनिया १५० देखि २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० देखि २४० रुपैयाँ र नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ तोकिएको छ। सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ, सुकेको माछा ८०० देखि १०00 रुपैयाँ र ताजा माछा (रहु ३२०-३४०, बचुवा र छडी २८०-३००) रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?