गौरीगञ्जमा कृषि र गैरकृषि जग्गा वर्गीकरण गरिने

गौरादह: झापाको गौरीगञ्ज गाउँपालिकाले कृषि र गैरकृषि क्षेत्रको जग्गा वर्गीकरण थाल्ने भएको छ । गाउँपालिकाले सरकारको कार्यक्रमअनुसार यसै महिनाभित्र जग्गाको वर्गीकरण छुट्याउने भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले गाउँपालिकाले कृषि तथा गैरकृषिको जग्गा छुट्टाइ भूउपयोग क्षेत्र वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय तहले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ मा तोकिएको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने हुन्छ ।

जमिनको वर्गीकरण गर्दा भूमिको भूवनौट, भूमिको क्षमता, भूमिको उपयुक्तता, भूमिको मौजुदा उपयोग र स्थानीय तहको आवश्यकता हेरी कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज, वन, नदी, नाला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र आधार मानेर स्थानीय राजपत्र प्रकाशन गर्न सकिने छ । गाउँपालिकाले विभाजन गर्दा भविष्यमा सहर उन्मुख क्षेत्र भएको, भन्सार नाकाको स्थापना र स्मार्ट सिटीको रूपमा सरकारले विकास गर्दै लाने लक्ष्य रहेकाले यो क्षेत्रको ग्रामीण, आवासीय, व्यावसायिक निर्धारण गर्दा दुरदर्शिता अपनाएर मापदण्ड वा कार्यविधि बनाउनुपर्ने स्थानीयले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?