चापागाउँमा मल्चिङ प्रविधिद्वारा विषादीरहित आलु उत्पादन, युवा कृषक उत्साहित
चापागाउँ (ललितपुर)-
कृषक देशारका अनुसार, यस वर्ष आलुको उत्पादन अपेक्षा गरेभन्दा निकै राम्रो भएको छ। “मैले मल्चिङ प्रविधिबाट रासायनिक मल र विषादीको प्रयोग नगरी आलु खेती गरेको हुँ,” उहाँले भन्नुभयो, “यो वर्ष सोचेभन्दा धेरै उत्पादन भयो, जसले मलाई थप उत्साहित बनाएको छ।”
विषादीरहित र स्वस्थकर उत्पादन भएकाले उहाँको आलु बजारमा पनि रुचाइएको छ। विशेषगरी चिप्स बनाउनका लागि यो आलु उत्तम मानिएको देशार बताउनुहुन्छ। “यो आलु धेरैले चिप्स बनाएर खान प्रयोग गर्नुहुन्छ,” उहाँले थप्नुभयो।

उत्पादनबाट उत्साहित देशारले आगामी वर्ष अझै फराकिलो क्षेत्रमा आलु खेती विस्तार गर्ने योजना बनाउनुभएको छ। उहाँको यो प्रयासले अन्य युवाहरूलाई पनि व्यावसायिक र अर्गानिक खेतीतर्फ आकर्षित गर्न प्रेरणा मिलेको छ। मल्चिङ प्रविधिले झारपात नियन्त्रण गर्नुका साथै माटोको चिस्यान कायम राख्न मद्दत पुग्ने र उत्पादन बढाउन सहयोगी हुने अनुभव उहाँले सुनाउनुभयो।
