तरकारी बेच्न ६० किमि यात्रा

कञ्चनपुर — कञ्चनपुरको महाकाली नगरपालिका १० कुतियाकभरमा खड्के बुढा तरकारी खेतीका लागि चिनिएका किसान हुन्  । उनको बारीमा अहिले पनि मुला, परबल, भण्टा, तरुल लगायतको तरकारी छ  ।

उक्त तरकारी बेच्न उनी दैनिक ६० किलोमिटर यात्रा गर्छन् । बिक्री गर्ने तरकारी अघिल्लो दिन नै तयार गरेर बुढा बिहान झिसमिसेमै हिँड्छन् । उज्यालो हुँदासम्म महेन्द्रनगर पुग्छन् । ‘दैनिक एक/डेढ क्विन्टल तरकारी महेन्द्रनगर पुर्‍याउँछु’ बुढाले भने, ‘महेन्द्रनगरमा तरकारीको माग पनि बढी छ, मूल्य पनि राम्रो पाइन्छ ।’ महाकाली नदीमा निर्मित झोलुंगे पुल भएर महेन्द्रनगर आउने गरेका छन् । कुतियाकभरदेखि महेन्द्रनगरसम्मको दूरी ३० किलोमिटरभन्दा बढी छ ।

नेपाल–भारत सीमा क्षेत्रको बस्ती भएकाले बुढाका लागि भारतीय बजार नजिक छ । तर त्यहॉँ तरकारीको उचित मूल्य पाइँदैन । त्यही भएर धेरै टाढा भए पनि महेन्द्रनगर पुग्नुपरेको उनले बताए । उनले आधा बिघा आफ्नो र आधा बिघा वार्षिक ५० हजार भाडामा लिएको जमिनमा तरकारी खेती गरेका छन् । खुर्सानी, तरुल, मुला, परबर, भण्टासँगै बेसार र अदुवा समेत उनको बारीमा पाइन्छ ।

कुतियाकभरकै मानवीर सुनारले पनि मुला, बोडी र परबर उत्पादन गरेका छन् । उनी पनि खड्केसँगै दैनिक महेन्द्रनगर पुगेर आफ्नो तरकारी बिक्री गर्दै आएका छन् । ‘पारि भारतीय बजारभन्दा महेन्द्रनगरमा प्रतिकिलो ५/१० रुपैयाँ बढी पाइन्छ’ मानवीरले भने, ‘टाढा भए पनि तरकारीको मूल्य हामीले सोचेभन्दा राम्रो पाइन्छ ।’

मानवीर पनि दैनिक एक/डेढ क्विन्टल तरकारी महेन्द्रनगर पुर्‍याउँछन् । महेन्द्रनगरबाट फर्किंदा पनि सानो तिनो सामान लिएर आउँछन् । अहिले महेन्द्रनगरमा मुला प्रतिकिलो २०, परबर ४०, भण्टा ४० र बोडी ६० मा बिक्री हुने गरेको उनले बताए । ‘भारतमा यसको आधा मूल्य पनि पाइँदैन’ उनले भने, ‘नजिक भएर मात्रै के गर्नु, फाइदा हँुदैन ।’

कुतियाकभर तरकारी खेतीका लागि चिनिएको क्षेत्र हो । कुतियाकभरसँगै जोडिएको भारतको बंगाली बस्तीभरि तरकारी खेती गरिने भएकाले त्यहींको सिको नेपालीले पनि गरेका छन् । सिजन अनुसारका तरकारी लगाएर दोधारा चांँदनी र महेन्द्रनगरसम्म पुर्‍याउने गरिन्छ । ‘यहाँको माटो तरकारीका लागि निकै उर्बर छ’ लामो समयदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका खड्केले भने, ‘तर बजारको अभावका कारण कि त आफैंले बोकेर टाढासम्म लैजानुपर्छ, कि सस्तोमै बेच्नुपर्छ ।’

कुतियाकभरमा करिब ४० परिवारको बसोबास छ । यहांँ अधिकांश तरकारी उत्पादनमै लागेका छन् । तर यहांँका कृषकहरूले न त कुनै बीउ बीजन पाउँछन् न कुनै प्राविधिक सुविधा नै । छिमेकी बंगालीहरूबाट बीउबीजन लिएर तरकारी लगाउने गरेको उनीहरू बताउँछन् । बंगालीबाटै खेतीपाती गर्ने तरिकासमेत सिक्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।कान्तिपुर

सम्बन्धित खबर
रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
रासायनिक मल

काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच ...

पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *