ओखर बालीका रोग,लक्षण र व्यवस्थापन

उन्नत जातको ओखरखेती शुरु

ओखर बालीका रोगहरु :

१- खैरो पात थोप्ले रोग (Anthracnose Leaf Blotch )

लक्षण –
बढी आद्रता र गर्मी मौसममा यसको आक्रमण बढी हुने गर्दछ । यो Ganomonia Leptostyla भन्ने ढुसीबाट हुने रोग हो । कलीला हांगाहरुमा एव स-साना फलहरुमा खैरो धब्बाहरु देखिन्छन् जुन पछि गएर ठुला धब्बाहरुमा परिणत हुन्छन् । रोगको प्रकोप बढ्दै जादा पात र फलहरु झर्दछन् ।

व्यवस्थापन विधि :
• भुईमा झरेका पात तथा फलहरुलाई सङ्कलन गरेर जलाउने । बगैचा सफासुग्घर राख्ने ।

• नयाँ पालुवा पलाउन सुरु भए सङै १ प्रतिशतको बोर्डो मिक्चर वा कपरअक्सिक्लोराइड २ ग्राम प्रती लिटर पानीमा १०-१५ दिनको फरकमा २-३ पटक पुरै बिरुवा भिज्ने गरी छर्कने ।

२- टुप्पा सुक्ने रोग(Die Back)

लक्षण

Glomerella Cingulata नामक ढुसीबाट लाग्ने यो रोगमा सुरुमा पटका खैरा थोप्लाहरु देखा पर्दछन । पछाडि स-साना थोप्लाहरु बढेर पुरै पात ढाक्छ तथा पुरै पातहरु झर्दछन् । कलिला हांगाहरु टुप्पबाट कालो हुँदै सुक्दै जान्छन् भने स-साना बोटहरु पुरै सुक्दछन् ।

व्यवस्थापन विधि :

• बगैचाको सरसफाइमा ध्यान दिने र पुरा साफासुग्घर राख्ने ।

• रोगी पात तथा हांगाहरुलाई काटेर जलाउने ।

• एक प्रतिशतको बोर्डो मिक्चर वा कपरअक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा १०-१५ दिनको फरकमा २-३ पटक बिरुवा पुरै भिज्ने गरी छर्कने ।

३- डढुवा रोग( Blight )

लक्षण

Xanthomonas arborivola Pv.juglandis भन्ने ब्याक्टेरियाको आक्रमणबाट यो रोग लाग्दछ । पातमा पानीले भिजेको जस्तो दाग र पहेलो तथा हरियो घेरा लिएको खैरो कालो धब्बा देखिन्छ। कलिला फलहरु झर्दछन् भने छिप्पिएका फलहरु कालो र चाउरिएर जान्छन् । विशेषगरी यस रोगले पात ,फुल तथा फलमा आक्रमण गर्दछन् । बढी बर्षा,कुहिरो तथा तुवालो भएमा यो रोग छिटो फैलन मद्दत गर्दछ ।

व्यवस्थापन विधि :

• भुइमा झरेका पात तथा फलहरुलाई सङ्कलन गरेर जलाउने । बगैचा साफासुग्घर राख्ने ।

• नयाँ पालुवा पलाउन सुरु भए पछ्यात् १ प्रतिशतको बोर्डो मिक्चर वा कपरअक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा १०-१५ दिनको फरकमा २-३ पटक बिरुवा पुरै भिज्ने गरी छर्कने ।

४ – फेद तथा जरा कुहिने (Foot and root rot)

लक्षण

यो रोग Phytophthora नामक ढुसीबाट लाग्दछ । फेदमा चोटपटक लागेमा,बढी चिस्यान भएमा तथा सक्रमित बिरुवाहरुको प्रयोग गरेमा यसको जोखिम बढी हुन्छ । यसबाट सक्रमित बोटहरु ओइलाउदै जाने,यकपट्टिका हांगाहरु सुक्दै जाने,बोटहरु टुप्पबाट सुक्दै जाने जस्ता लक्षणहरु देखिन्छन् र अन्तमा पुरै बोट नै सुकेर नस्ट हुन्छ ।

व्यवस्थापन विधि:

• बगैचाको सरसफाईमा ध्यान दिने ।

• बगैचामा चिस्यान कायम राख्ने तर बढी चिस्यान हुन नदिने ,पानीको निकासको राम्रो प्रबन्ध मिलाउने ।

• बगैचा खनजोत गर्दा जरा तथा काण्डमा चोटपटक लाग्न नदिने ।

• हिउदमा काटछाट तथा गोडमेल पछ्यात् अनिवार्य रुपमा जरा भिज्ने गरी बोर्डोमिश्रणले ड्रेन्चिङ गर्ने र काण्डमा बोर्डो पेस्ट लागाउने

Leave a Reply

Your email address will not be published.