नेपालमा व्यावसायिक रुपमा पालिदै आएका लोकल / उन्नत जातका गाईहरु
नेपालमा नै मनग्य अाम्दानी हुने व्यवसाय हो, गाई पालन । अझ अहिले गाई पालन व्यावसायिक रूपमा फष्टाउन थालेपछि युवाहरू पनि यो पेसामा आकर्षित हुन थालेका छन् ।भनेजस्तो काम र राम्रो दाम खोजीमा धेरै युवा विदेश गइरहेका छन्। तर मेहनत गर्ने र लगनशील भएर काम गर्ने हो भने विदेशमा जत्तिकै कमाई नेपालमा नै हुन्छ । विदेश गइसकेको भएपनि यदि सिकेको सीपलाई स्वदेशमा नै लागु गर्ने हो भने विदेशमा भन्दा सन्तुष्टि हुन्छ साथमा परिवारलाई समय दिन पनि पाइन्छ।
तपाईँले कुन प्रजातिको कति वटा गाई पाल्नुहुन्छ ? नेपालमा पाइने गाईका प्रजातिहरू निम्न प्रकारका छन् :-
पहाडी गाई :
नेपालको मध्य पहाडी भेगमा पाइने पहाडी गाईहरु भूटान, सिक्किम र दार्जि्लिङबाट भित्रिएको पाइन्छ ।
मुख्यतया यी गाईहरु गोरु, मल र धार्मिक र सामाजिक कार्यको लागि पालिन्छन् । यी गाईहरुको शारीरिक तौल २००–३०० के.जी सम्म हुन्छ ।
शरीरको रड्ड कालो, रातो, फुस्रो र टाटेपाटे पनि हुन सक्छ।
पहाडी गाईले सरदर एक वेतमा १५०–२०० लिटर सम्म दुध दिन्छन् र सरदर ३–४ वर्षमा पहिलो चोटी ब्याउछन् ।
तराई गाई :
मुख्यरुपमा नेपालको तराई क्षेत्रमा पालिने यो गाई बहर उत्पादन गरी गाडा तान्ने र जोत्ने कार्यको लागि निम्ति पालिने गरिन्छ ।
हाल हरियाणा, जर्सी, साहिवालको वर्णसंकरले गर्दा तराई गाई करिब–करिब लोप अवस्थामा नै छ ।
याक, नाक र चौरी :
यी गाईहरु नेपालको हिमाली क्षेत्रहरुमा पाइन्छन् । यी गाईहरुको ठूलो शरीर, लामा लामा तिखा सिंग र शरीर भरी भुत्ला भएका हुन्छन् । याकको पोथीलाई नाक भनिन्छ ।
पहाडी गोरु(किर्को) र नाकको प्रजननबाट निस्कने गाईलाई दिम्जो चौरी भनिन्छ भने गोरुलाई दिम्जो झोप्क्यो भनिन्छ । त्यस्तै याक र पहाडी गाईको प्रजननबाट जन्मने गाईलाई उरंग चौरी र गोरुलाई उरंग झोप्क्यो भनिन्छ ।
अन्तर्जातीय प्रजननबाट जन्मने चौरीहरुले सन्तान उत्पादन गर्न सक्छन् भने भालेहरु (झोप्क्यो) ले सधै सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् ।
दूध उत्पादनको लागि दिम्जो चौरी उत्तम मानिन्छ भने भारी बोक्न र चढ्नको लागि उरंग झोप्क्यो उत्तम मानिन्छ ।
अछामी गाई :
यो संसारकै सबैभन्दा सानो गाई । नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रको अछाम जिल्लामा उत्पत्ति मानिने यस गाईको उचाइ ८८ से.मी. तथा औसत तौल ११० कि.ग्रा. हुने गर्दछ । यो गाईलाई नौँ मुठे गाई पनि भनिन्छ ।
लुलु :
लुलु गाई मुस्ताङ जिल्लामा पाइन्छ । यी गाईहरुको शारीरिक तौल १५०–२०० के.जी. सम्म हुन्छ ।
प्रती बेत ७,००० लिटर भन्दा बढी दुद दिन्छ।यस्को दुद मा ५।५ प्रतिसत भन्दा बढी फ्याट पाईन्छ। हाम्रो देश मा हाल जर्सी र स्थानिय को क्रस गराउदा औसत मा २६०० लिटर दुद दियको पाईन्छ।
होलस्टेन :
यो गाई संसार मा सबै भन्दा बडी दुद दिने गाई मानिन्छ।
प्रती बेत १०००० लिटर भन्दा बडी दुद दियको पाईन्छ।
हाम्रो देश मा होलिस्टेन र स्थानिय को क्रस ले ३००० लिटर दुद दियको पाईन्छ भने पोखरा को भरत पोखरी भन्ने ठाउँ मा यस्तो क्रस गाई ले ८२६७ लिटर दुद दियको छ।
ब्रोन स्विस :
यो गाई ले औसत प्रती बेत ७५०० लिर्ट भन्दा बदी दुद दिने गर्दछ। हाम्रो देश मा यस्को स्थानिय सँग को क्रस ले औसत २८०० लितर सम्मा दुद दिने गर्दछ।
शाही वालः
यो गाई नेपाल मा कमै मात्रा मा पाईन्छ। यो गाई ले प्रती बेत औसत मा २५०० लितर दिने गर्दछ। यस्को दुद मा ४।६ प्रतिसत सम्मा फ्याट पाईन्छ। अरु नेपालमा न पाइने बर्ण शंकर जात हरु मा थारापार्कर ,गिर ,हरियाना लगायत का गाई हरु पर्दछन।
नेपालमा गाई एकै ठाउं वा एकै फर्मबाट खरीद गर्ने सम्भावना छैन।जुन जिल्लामा गाईपालन गर्ने योजना बन्छ सोही जिल्लाको जिल्ला पशु सेवा कार्यालय एवं सरकारी पशु विकास फार्म तथा डेरी फार्म गर्ने कृषकहरुसंग सम्पर्क गरी चाहिएको जस्तो गाई खरीद गर्न सकिन्छ ।