च्याउ: बजार, प्रकार, खेति, उपयोगीता, राेगकिराहरु र व्यवस्थापन
च्याउ एउटा पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण ढुसी हाे। च्याउ खेतीको सुरुवात चिनवाट(सन् ६०० कन्य च्याउ / Auricularia) भएको हो। त्यस्तै सन् १६५०मा गोब्रे च्याउ( फ्रान्स ),पराले च्याउ (चिन )को खेती गर्न सुरुवात भएको पाइन्छ ।नेपालमा ११० भन्दा बढी किसिमका च्याउहरु पत्ता लगिसकेका छन्।त्यसमध्ये करिब ६० किसिमका च्याउहरु मानब उपयोगी छन् । नेपालमा हालसम्म चार किसिमका च्याउ (कन्य,गोब्रे,सिताके र पराले) खेतीको प्रबिधि विकास भई रहेको पाइन्छ ।यि मध्य कन्य च्याउ र गोब्रे च्याउको बढी वयवसायिकरण भएको पाइन्छ। नेपालमा च्याउ खेती व्यवसायको सुरुवात वि.सं २०३२ साल देखि भएको पाइन्छ। नेपालमा कृषक स्तरमा सबैभन्दा पहिले गोब्रे च्याउलाई व्यवसायिक रूपमा खेती गर्न थालीएकाे हाे।
च्याउको बजार
नेपालमा पछिल्ला दिनहरुमा च्याउ उत्पादन व्यवसाय लोकप्रिय र बिस्तार हुँदै गइरहेको छ। हाल नेपालमा करिब १०हजार कृषकहरु च्याउ उत्पादन कार्यमा संलग्न भएको र त्यसमध्य करिब २ हजार जना व्यवसायीक किसान भएको अनुमान छ। हाल विशेषगरी नेपालमा च्याउको बजारलाई हेर्दा च्याउको औषत मुल्य ३०० प्रति के.जि छ र च्याउको माग बर्सेनि बढ्दै गइरहेको छ।च्याउ खेतीको अनुसन्धानलाई विश्लेषण गर्दा उत्पादन खर्चभन्दा कैयौँ गुना नाफा गर्न सक्ने देखियको छ। तर च्याउ खेती गर्न चाहनेलाई पनि आर्थिक ,उचित तालिम र च्याउको भण्डारणको सुबिधा नभएका कारण च्याउ खेतीको राम्रो विस्तार हुन सकेको छैन।त्यसका लागि उचित निकायको ध्यान जान र यसको समाधानका विकल्पहरु ल्याउन जरुरी छ।
नेपालमा खेती गरिदै आएका च्याउहरु
१.गोब्रे च्याउ(Agaricus bisporus):
प्राकृतिक रूपमा पहाडी भेगमा बर्षमा दुई पटक र तराई भेगमा एक पटक उत्पादन गर्न सकिने यो च्याउ नेपालमा सबैभन्दा व्यापक रुपमा छ। यो च्याउ खेतीको लगि कोठाको तापक्रम २२ देखि २५° से. सबैभन्दा उपयुुक्त हुन्छ। गोब्रे च्याउ खेतीकोलागि निम्न सामग्रीहरुको अनुपात मिलाइ मिश्रण बनाएर कम्पोस्ट तयार पारिन्छ :
पराल :१०००kg
युरिया :५kg
एमोनिअम सल्फेट:२०kg
ट्रिपल सुपर फस्फेट:७kg
कृषि चुना :३०kg
च्याउको बिउ:२५०gm
फर्मालिन:१लि
डाइथेन एम-४५:१२५gm
नुभान:१००ml
खेती गर्ने बिधि
- कम्पोस्ट बनाउदा पराललाई १ इन्चका टुक्रा पारी भिजाउने र कम्पोस्ट बनाउने फ्रेममा खाँद्दै थुप्रो पार्ने ,५दिनपछी त्यसलाई पल्टाउने,१०दिनमा पुनः पल्टाउदै कृषि चुना प्रयोग गर्ने ,फेरि पल्टाउदा सुपर फोस्फेट मिलाउने,२२दिनमा ५०ग्राम प्रतिटन मलको दरले डाइथेन एम-४५ मिलाउने र २८ दिनमा कम्पोस्ट मल तयार हुन्छ, कम्पोस्टको ph ६-७ रहुनुपर्छ ।
- व्याड बनाउदा चौडाइ ३-४फिट,उचाइ ६-८इन्च,लम्बाइ आवश्यकताअनुसार र दुई व्याडबिच दुरि १ मिटर राख्नुपर्छ ।
- व्याड राख्नु अगाडि फर्मालिनले कोठा सफा गरि एक दिन बन्द गरि राख्ने ।
- व्याडमा मल भरेकाे१-२ दिनमा विउ राेप्ने र विउ राेपिसकेपछि हल्का थिच्नु पर्दछ।
- च्याउको बिउ छरेको कोठाकाे तापक्रम २२-२४°से हुनुपर्छ , ८ देखी १० दिनमा सेतो ढुसि देखिन्छ ।
२.कन्य च्याउ (pleurotus sajor-caju):
उत्पादन प्रबिधि सजिलो तथा नेपालको हावापानी सुहाउँदो च्याउ भएकोले कृषकहरु बिच यो च्याउको व्यवसायीक व्यापकता बढ्दै गइरहेको छ।याे च्याउलाई समुन्द्री सतहबाट ८००-१४००मिटर विचकाे उचाइ भएको भुभागमा सफल उत्पादन गर्न सकिन्छ ।यो च्याउको लागि वातावरणीय तापक्रम २२-२५°से उपयुक्त मानिन्छ।कन्य च्याउलाई व्यवसायिक रुपमा उत्पादन गर्दा परालका टुक्राहरुको प्रयोग बढी प्रचलनमा छ ।
खेती गर्ने बिधि
- पराललाई धुने र बढी भएको पानी निचोरेर फाल्ने।
- पराललाइ कुनै भाँडाेमा राखेर बाफ दिने र सुकाउने।
- सुकायपछि ४kg परालका टुक्रामा ४०gm गहुँको पिठो र ८०gm च्याउको बिउ राम्रो सँग मिसाउने।
- ७५*४६cm प्लास्टिक व्यागमा राम्रोसँग खादेर भर्ने।
- करिब २५°से तापक्रम भएको अध्याराे कोठामा ३-४हप्ता राख्ने ।
- ७ दिन पछि साना सेतो ढुसि विकास भएको देखिन्छ ।विस्तारै ढुसि विकास भएको देखिन्छ ।विस्तारै ढुसि वढ्दै जादा प्लाष्टिक काट्ने।
च्याउको उपयोगीता
१.पौष्टिक महत्त्व
- च्याउमा प्रोटिन ,कार्बाेहाइड्रेट,खनिज तथा भिटामिनहरु उपलब्ध हुने तथा उच्च मात्रामा प्रोटिन पाइने हुनाले यसलाइ मासु सरह मानिन्छ।
- बाेँसाे तथा कार्वाेहाइड्रेड कम पाइने हुनाले मोटा र तौल घटाउनुपर्ने व्यक्ति तथा चिनीका बिरामी (diabetes)लाइ पनि उपयोगी हुन्छ।
- मानिसलाई अावश्यक पर्ने प्राय सम्पूर्ण एमिनाे एसिडहरु पाइन्छ ।
२.औद्याेगिक महत्त्व :
- च्याउमा पाइने रेटिन नामक तत्वले क्यान्सर राेग निको हुने देखिएकाले क्यान्सर राेगकाे उपचारमा च्याउको महत्त्व छ।
- च्याउको बिउ बाट प्राप्त हुने interferon बाट पोलियो र इन्फ्लुएञ्जा रोग रोगथाम गर्न प्रयोग हुने।
- उच्च पहाडमा पाइने Morchella जातकाे च्याउलाई जुम्लाबासिहरुले ज्वराे तथा पखाला लाग्दा उपचारमा प्रयोग गरेको पाईन्छ।
३.तरकारीजन्य महत्त्व :
- साकाहारीहरुको भोजनमा महत्त्वपूर्ण पौष्टिक स्रोत ।
- तरकारी तथा अचारहरु बनायर उपयोग गर्न सकिने।
च्याउका केहि राेगकिराहरु र तिनिहरुकाे व्यवस्थापन
१.खैरो प्लाष्टर रोग :
- यो ढुसिबाट फैलने रोग हो।यस रोगमा व्याड माथि पहिले सेतो र पछी फिक्का खैरो धुलो देखा पर्दछ ।
- यसको व्यवस्थापन गर्दा सरसफाइ ,हावाको संबाहन,तापक्रम र सापेक्षिक अाद्रता मिलाउनु पर्छ ।त्यसतै २%फर्मालिनलाइ एक लिटर पानीमा मिसाएर छर्नुपर्छ।
२.हरियो रोग :
- व्याडकाे कम्पाेष्ट गरेको माटाेकाे माथि सतहमा पहिले सेतो रेशाले ढाकेकाे देखिन्छ र पछि बढि ग्रसित हुँदा हरिया धब्बाहरु देखिन्छन् र खेति गरेको च्याउलाई हुर्कन दिदैनन्।
- मल बनाउँदा राम्ररी नकुहिएमा,राम्रोसँग निसंकर्मण नगरिएमा,तापक्रम र सापेक्षिक अद्रता बढी भयमा यो रोग लग्दछ।
- यसको व्यवस्थापन गर्दा इन्डोफिल एम-45, 2gm प्रतिलिटर पानीमा मिसायर छर्नुपर्छ।
३.किरा(झिंगा र सुलसुले):
- यसको रोकथामका लागी नुभज ०.१-०.२% झाेल बनाएर छर्कने ,अवस्था हेरी पुनः एकपटक दाेहाेर्याउन सकिन्छ ।
