सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सल्यान: सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

घाइते हुनेमा दाङको तुलसीपुर २ बस्ने वर्ष ३८ का नारायण योगी रहेका छन्। उनको  अवस्था मध्यम रहेको र उपचारका लागि तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नबिन कार्कीले नागरिक न्युजलाई बताए।

डीएसपी कार्कीका अनुसार रोल्पाबाट सल्यान हुँदै दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप आज बिहान पौने ६ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको थियो। जीप सडकबाट करिब ३ सय मिटर तल खसेको र दुई जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी कार्कीले बताए।

उनले दुर्घटनामा परी मृत्य भएकाहरू सनाखत हुन सकेको छैन।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?