ह्वात्तै बढ्यो बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।      

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ७० रुपैयाँ,गोलभेडा सानो लोकल ३० रुपैयाँ तराई गोलभेडा सानो ५०,घिउ सिमी लोकल ९०,काउली स्थानिय प्रतिकेजी ४० रुपैयाँ,आलु रातो २८,भारतीय आलु रातो २८,लौका ७०,हरियो फर्सी ८० रुपैयाँ,घिरौला ८० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ५० रुपैयाँ,लोकल गाजर २५ रुपैयाँ,मूला सेतो १० रुपैयाँ,भन्टा लाम्चो ८० रुपैयाँ,टाटे सिमी ८०,तितो करेला १२० रुपैयाँ,ब्रोकाउली ८०,कागती १८० रुपैयाँ, भिण्डी १२० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो १२० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १८०० रुपैयाँ,केरा दर्जन १२० रुपैयाँ,अनार २८० रुपैयाँ,कालो अंगुर २५० रुपैयाँ,आभोकाडो ३०० रुपैयाँ,किवि ३०० रुपैयाँ,हरियो खुर्सानी माछे ७० रुपैयाँ,रहु माछा ३५०,छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ८० रुपैयाँ,हरियो धनिया १३० रुपैयाँ,खु्र्सानी सुकेको ४८० रुपैयाँ,चाइनिज लसुन सुकेको ३००,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६०,मटरकोशा १००,लसुन हरियो १४०,सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ,भेडे खु्र्सानी ७० रुपैयाँ,पिंडालू ७० रुपैयाँ,तरुल ६० रुपैयाँ,नेपाली मेवा ७० रुपैयाँ,भारतीय मेवा ८० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा १०० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २४०,स्ट्रबेरी ३००,नेपाली सुन्तला १२०,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ७०,निबुवा ४०,तामा ९०,स्कूस ४०,बरेला ६०,बकूला ९०,पालूगो साग ११०,कन्य च्याउ १४० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १५०,पुदीना प्रतिकेजी ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?