चितवनमा पोल्ट्री व्यवसायमा दैनिक ११ करोडभन्दा बढी घाटा

भरतपुर, कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चितवनमा कुखुरा पालनको क्षेत्रमा ११ करोड ६३ लाख ७५ हजार रुपियाँ दैनिक क्षति भइरहेको पाइएको छ ।

बोइलर र लेयर्स चल्लामा दैनिक दुई करोड सात लाख ८५ हजार, कुखुराको मासुमा आठ करोड १० लाख र अण्डामा एक करोड ४५ लाख ९० हजार रुपियाँ घाटा भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालका अनुसार सामान्य अवस्थामा भन्दा अहिले कुखुराको चल्ला, मासु र अण्डाको कारोबार घटेको र मूल्य पनि घट्दा व्यवसायीले घाटा खानु परेको छ ।

बोइलर चल्लाको लागत प्रतिगोटा ५७ रुपियाँ भए पनि अहिले बिक्री मूल्य २० रुपियाँ मात्रै छ । प्रतिअण्डा लागत ११.५३ रुपियाँ छ तर यसको बिक्री मूल्य १० रुपियाँ मात्रै छ, उहाँले भन्नुभयो “मासुको लागत प्रतिकिलो दुई सय रुपियाँ भए पनि ११० रुपियाँमा बेच्नुपर्ने बाध्यता छ । ”

नेपालमा दैनिक ३० लाख बोइलरका चल्ला र दुई लाख लेयर्सका चल्ला उत्पादन हुन्छन् । यसरी उत्पादन हुने चल्ला चितवनमा मात्रै ६० प्रतिशतभन्दा माथि छ । यस्तै कुखुराको मासु नौ लाख केजी र अण्डा ३० लाख दैनिक उत्पादन हुने सङ्घले जनाएको छ । गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?