गाई पशुपालनप्रति आकर्षण बढ्यो

गाईपालन

भक्तपुर, १४ पुस । मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपालीले शिक्षा शास्त्रमा स्नातक अध्ययनपछि जागिरका लागि भौतारिनु भयो तर भनसुन गर्न नसक्दा उहाँको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको ज्योति छर्ने सपना साकार हुन सकेन । निजी विद्यालयको थोरै तलबप्रति उहाँको आकर्षण जाग्न सकेन ।

एक दिन टेलिभिजनमा प्रसारित बंगुर पालनसम्बन्धी कार्यक्रम र कोरियाबाट फर्केर पोखरामा बङ्गुरपालन गर्दै आउनुभएका छ्याङबहादुर थापाबाट प्रभावित भएर बङ्गुरपालन व्यवसाय सुरु गर्ने उद्देश्यले उहाँ पोखरा पुग्नुभयो । पोखरा पुगेर थापालाई भेटी बङ्गुरपालन व्यवसायको बारेमा छलफल गर्दा काठमाडौँ जस्तो सहरमा बङ्गुरपालन गर्दा उचित मुनाफा हुन नसक्ने सल्लाह प्राप्त गरेपछि घरैमा परीक्षणको रुपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभयो । तर दुर्भाग्य त्यही वर्ष भक्तपुरमा फैलिएको वर्ड फ्लुको महामारी र वर्ड फ्लु सङ्कटग्रस्त क्षेत्र घोषणासँगै सबै कुखुरा मारिए । पहिलो पटक हात हालेको व्यवसायबाट डेढ लाख रुपैयाँ घाटा खान पुग्नुभयो ।

केही गर्ने जोशका साथ सुरुमा हात हालेको व्यवसायले उल्टै ऋण बोकाएपछि कृष्णचन्द्रले विदेश जाने सोच नबनाएको होइन । त्यसैबेला घर नजिकको गाई फर्म बिक्री गर्न लागेको सुन्नमा आएपछि सहकारीबाट ऋण लिएर गाईसहितको युनिक गाई फर्म खरिद गरी सञ्चालन गर्नुभयो ।

उहाँका सोही गाई फर्ममा जर्सी, होलस्टाइन र हाइब्रीड जातका दुधालु गाई १० वटा र एउटा ब्याउन लागेको गाई छन् । अहिले दैनिक करिब १०० लि दूध उत्पादन हुन्छ । स्थानीय बजारमा ६३ रुपैयाँ प्रतिलिटर दूध बिक्रि हुने गरेको उहाँले बताउनुभयो । दैनिक रु पाँचदेखि छ हजार आम्दानी हुने र सबै खर्च कटाएर मासिक करिब रु ४० हजार बचत हुने उहाँको भनाइ छ ।

त्यस्तै सिन्धुलीका ७० वर्षीय अर्जुन बरालले राजनीतिमा आफ्नो जीवन समर्पण गर्नुभयो । नेपाली काँग्रेस सिन्धुलीका सभापतिको रुपमा १० वर्ष जिम्मेवारी पनि सम्हाल्नुभयो । आमनिर्वाचनमा टिकटसमेत पाउनुभयो तर दुर्भाग्य निर्वाचनमा केही सय मतअन्तरले पराजित हुनुभयो । त्यसपछि राजनीतिबाट सन्यास लिएर मध्यपुर थिमि–१७ सानोथिमिमा बस्न थाल्नुभयो ।

“जीवनको यो उमेरमा पनि चुप लागेर बस्न मनले मानेन र तीन वर्षदेखि गाईपालन सुरु गरेँ”–उहाँले भन्नुभयो । उहाँको फर्ममा अहिले जर्सी र होलस्टाइन जातका आठ वटा गाई छन् । दैनिक २५–३० लि दूध उत्पादन हुने र दैनिक गुजारा टार्न सहज भएको उहाँले बताउनुभयो ।

सरकारी अनुदानसँगै व्यवसाय फस्टाउँदो
सरकारले युवा लक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक पशुपालन गर्ने किसानलाई अनुदान दिने नीति ल्याएसँगै जिल्लामा पशुपालन व्यवसाय फस्टाएको छ । यसले जिल्लामा दूध तथा दुग्ध उत्पादनमा वृद्धि भएको छ भने युवाहरु स्वरोजगारमूलक व्यवसायमा आकर्षित हुन थालेको छन् ।

सरकारबाट अनुदान पाउने भएपछि जिल्लामा रहरले एक÷दुई वटा गाई, भैँसी पाल्ने किसानपनि व्यावसायिक फर्मतर्फ आकर्षित हुन थालेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा बलबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार स्थानीय जातका एक÷दुई गाई, भैँसी पाल्ने किसान जर्सी, होलस्टाइन, उन्नत जातका गाईपालनतर्फ आकर्षित भएका छन् ।

कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा पशुपालन गर्ने फर्मको अनुगमन, निरीक्षण गरी आवश्यक परेकालाई गोठ सुधार कार्यक्रमअन्तर्गत निश्चित रकम अनुदान दिने गरिएको छ ।
अघिल्लो आवमा रु एक लाख अनुदान पाएको जानकारी दिँदै युनिक गाई फर्मका कपालीले जस्ताको टहरा बनाउन मात्र अढाइ लाख खर्च भएको बताउनुभयो । त्यसैगरी बरालले पनि सोही वर्ष रु ५० हजार प्राप्त गर्नु भयो ।
बढ्दै छन् व्यावसायिक फर्म
जिल्लामा युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदानका लागि गत वर्ष ४१ वटा गाई, भैँसी फर्म र १४ वटा बङ्गुर फर्म दर्ता भएका थिए भने यसवर्ष सो सङ्ख्या बढेर ७० वटा पुगिसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

सरकारले यसवर्ष फर्म दर्ताको लागि पुनः म्याद थप गरेकाले फर्मको सङ्ख्या अझ बढ्न सक्ने डा चन्दले उल्लेख गर्नु भयो । सरकारले यही पुस २२ गतेसम्म फर्म दर्ता गर्ने समय थप गरेको छ ।

सरकारले युवा लक्षित कार्यक्रमअन्तर्गत युवा वर्गलाई वैदेशिक रोजगारबाट रोक्न र कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उपादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकीकरणबाट आयआर्जन बढाउने उद्देश्यले कार्यक्रमअन्र्तगत विशेष पशु उत्पादन (डेरी, बाख्रा, बङ्गुर र पशु सेवा बजार प्रवद्र्धन) कार्यक्रम सञ्चालन गरेको हो ।

सो कार्यक्रमअन्तर्गत व्यावसायिक फर्म सञ्चालन गर्ने युवालाई फर्मको वर्गीकरण गरी निश्चित रकम अनुदान दिने नीति लिइएको छ । कार्यक्रमअन्तर्गत व्यावसायिक गाई, भैँसीपालन व्यवसायलाई साना, मझौला र ठूला गरी तीन वर्गमा वर्गिकरण गरी अनुदान दिने नीति कार्यान्वयन गरेको छ । जसअन्तर्गत साना फर्मलाई प्रतिगाई रु २० हजार र प्रतिभैँसी रु ४० हजार, मझौलास्तरका फर्मलाई बढीमा रु तीन लाख र ठूला व्यावसायिक फर्मलाई बढीमा रु चार लाख अनुदान दिइन्छ । गत वर्ष जिल्लाले १५ गाई, भैँसी फर्म र चार बङ्गुरपालन व्यवसायीलाई अनुदान उपलब्ध गराएको थियो । रासस

सम्बन्धित खबर
नेपालमा पालिने स्थानीय र उन्नत जातको भैंसीहरू
किसानलाई भैँसी

  भैंसीका जात १. लिमे  भैंसी उत्पत्ति :गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, बागलुङ तनहुँ र लमजुङमा बढी संख्यामा रहेको विशेषताहरू ...

नेपालमा पालिने भेडाका स्थानीय जातहरू

भेडाका जातहरू (१) लामपुच्छ्रे भेडा • लामपुच्छ्रे तराई क्षेत्रमा पाइने भेडा हो । • पुच्छर लामो भएकाले यसलाई लामपुछ्रे भनिएको ...

लोकल कुखुरा पालन गर्ने सरल तरीका

नेपालका अधिकांश मानिसहरुको जिविकोपार्जनका लागि मुख्य पेशा कृषि र पशुपालन रहंदै आएको छ। यसमा पनि विशेष गरी ग्रामिण भूभागमा बस्ने ...

बाख्रा पालन गर्ने सरल तरीका

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा ...

व्यावसायिक बंगुर पालन गर्ने सरल तरीका : जानिराखौ
बङ्गुरपालन

बंगुर हलक्क चाडैं वढने फलपद प्रजनन क्षमता भएका अरु घरपालुवा भन्दा बढि मानिन्छन् । यिनीहरुलाई छिटटै सुधार गर्न सकिन्छ तथा ...

यसरी गरौं, बाख्रा पालन

बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने भए पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *