रेन्वो ट्राउट माछा पाल्ने तरीका : फाइदा जानिराखौ

हामी जलश्रोत मा धनि छौ यहाँ डाडा काडा जता ततै पानीका स्रोतहरु छन् । यसलाई सदुपयोग गरी रेम्बो ट्राउट माछा पाल्ने हो भने बिदेसको तातो घाममा दुख गर्न जानै पर्दैन । रेन्वो ट्राउ चिसो र सफा पानीमा हुर्कने ज्यादै स्वादिलो किसिमको माछा हो । अमेरिका र जापानका नदीमा पाइने उक्त माछा नेपालको नुवाकोटलगायत अन्य जिल्लामा पनि व्यावसायिक रुपमा कृषकले पालन गरेका छन् ।

यो माछा २०४५ सालमा जापानबाट आयात गरी गोदाबरी /नुवाकोट ककनीबाट व्यबसायिक रुपमा पाल्न थालिएको हो अहिले देशका विभिन्न ठाउमा पाल्न थालिएको छ। यो माछाको बजार भाउ निकै राम्रो रहेको छ ।

ट्राउट माछा पालनको लागि कस्तो वातावरण चाहिन्छ :

ट्राउट माछा बाच्न, हुर्कन र परिपक्व हुन सफा, चिसो र प्राणवायू ९अक्सिजन० प्रयाप्त भएको पानी हुनु पर्दछ । ट्राउट माछाको राम्रो बृद्धिको लागि १४ देखि २० डिग्रि सेल्सियस तापक्रम चाहिन्छ भने सबै भन्दा उपयुक्त बृद्धिको लागि १६ देखि १८ डिग्रि सेल्सियस तापक्रम चाहिन्छ । राम्रोसंग भुरा पार्न र भुरा निस्कनको लागि ९ देखि १४ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ । यो माछा हुर्कन, पानीको तापक्रम सकभर एकनास भएमा राम्रो हुन्छ । रेन्बो ट्राउट माछा खानको लागि मात्र उत्पादन गर्ने हो भने पानीको तापक्रम १४ डिग्री सेन्टिग्रेड भन्दा माथि र २० डिग्रि सेन्टिग्रेड भन्दा तल भएमा राम्रो उत्पादन गर्न सकिन्छ । एक बर्षमा ४र५ महिना पानीको सरदर तापक्रम १० डिग्री सेन्टिग्रेड भन्दा कम चिसो हुने स्थानमा यो माछा ढिलो बढ्छ र व्यावसायिक रुपमा ट्राउट माछा पालन गर्न फाईदाजनक हुदैन ।

कस्तो ठाँउमा रेसवे निमार्ण गर्ने :

रेसवे निर्माण गर्नको लागि छनोट गरेको ठाउँमा पानीको उपलव्धता, गुणस्तर र जमिनको बनौटमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।
कान्ला, कान्ला परेको जमिन वा हल्का भिरालो जमीन रेसवे निर्माणको लागि राम्रो मानिन्छ । उपलव्ध पानीको बहाव र जमिनको बनौट अनुसार नापजाँच गरी दुई प्रकारका रेसवे (रेखात्मक र समानान्तर)निर्माण गर्न सकिन्छ ।


रेसवे पोखरीको र्साईज कस्तो हुनु पर्दछ :

सानो भुरा हुर्काउने रेसवे पोखरीको क्षेत्रफल १०−१५ वर्ग मिटर । बिक्री योग्य माछा राख्ने पोखरीको र्साईज ५० देखि १५० बर्ग मिटरको बनाउनु उपयुक्त हुन्छ । पोखरीको गहिर्राई ८०−९० सेन्टिमिटर भए पानीको प्रवाह कायम गर्न र दैनिक व्यवस्थापन गर्न सजिलो हुन्छ । माछाको घनत्व बढ्दै गएपछि अर्को पोखरीमा सार्दै जानु पर्दछ ।

ट्राउटमाछाको लागि भुराको र्साईज कस्तो हुनु पर्दछ :

नेपालमा २०० देखी ३०० ग्राम सम्म र्साईजका ट्राउट माछा विक्रिी योग्य मानिन्छ ।यसको लागि ५ ग्राम र्साईजका ७५-१०० गोटा माछा भुरा प्रति वर्ग मिटर स्टक गरेर १० महिनामा १०-१५ केजी प्रति बर्ग मिटर उत्पादन लिन सकिन्छ ।

ट्राउटमाछाको लागि कस्तो दाना खुवाउनु पर्छ :

ट्राउट माछाका लागि तोरीको पिना, भटमासको धुलो, धानको ढुटो चाहिन्छ । प्रोटिनको मात्रा बढी चाहिने भएकाले भुरा माछाका लागि ४५ प्रतिशत र ठूलो बिक्रीका लागि (योग्य माछाका लागि) कम्तीमा पनि ३५ प्रतिशत सिद्रा माछा राख्नुपर्ने हुृन्छ। अन्नमा जौ अथवा गहुँ मिसाएर खुवाउने गरिन्छ ।
उत्पादनको लागि ३५५ प्रोटिन भएको दाना दिनु पर्दछ ।
माछाको विकासको क्रममा बिभिन्न अवस्थामा आवश्यक पर्ने पोषक तत्वहरुको मात्रा पनि फरक फरक हुन्छ ।
माछालाई उमेर अनुसार आहारा खुवाउनु पर्दछ । साधारणतया साना भुरालाई ४० प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ६–७ प्रतिशतको दरले दैनिक रूपमा खुवाउनु पर्दछ ।

१० ग्रामभन्दा माथिका हुर्कदो भुराहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ४–५ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । ५० ग्रामभन्दा माथिका माछाहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको २–३ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ ।माछाको दाना पेलेट रूपमा बनाउनु पर्दछ । माछाको उमेर र खाने मुखको आकार अनुसार पेलेटको दाना बनाउनु पर्दछ


ट्राउट माछालाई दाना दिने तरिका के हो :

दाना प्राय हातैले दिईन्छ । दाना खाएको नखाएको हेरेर दाना दिनु पर्दछ ।
दाना दिंदा माछा राखेको ट्यांकीको चारैतिर बराबर छरेर दिनु पर्दछ जस्ले गर्दा सबै माछाले दाना खान पाउंछन् र सबैको एकनासले वृद्धि बिकास हुन्छ ।
भुरा तथा हुर्काउला माछाको वृद्धि जांच हरेक पन्ध्र दिनमा गर्नु पर्दछ । माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ । माछाको मुखको र्साईजलाई दृष्टिगत गरी मिल्दो र्साईजको दाना ख्वाउनु पर्दछ ।

ट्राउटमाछाको उत्पादकत्व कती छ :

नेपालमा उपलब्ध प्रविधिको प्रयोगबाट प्रति बर्ग मिटर जलाशयबाट १० देखि १५ के.जी. रेन्बोट्राउट माछा उत्पादन भईरहेको छ ।
दक्ष ट्राउट पालकले प्रति मिनेट १ मे. टन पानी बग्ने पोखरीबाट १५०-२०० मे.टन माछा प्रति हेक्टर उत्पादन गर्न सक्दछन् ।

के ट्राउट माछाको ग्रेडिङ्ग गर्नु पर्छ :
ठूलो र सानो साइजको माछालाई ग्रेडरद्वारा छुट्याउने प्रकियालाई ग्रेडिङ्ग भनिन्छ ।
रेन्वो ट्राउट एउटा मांसाहारी माछा भएको हुनाले एक अर्कालाई ठुंग्ने र मुखको साइज मिलेमा खाईदिने समेत गर्ने हुँदा माछा भुराको ग्रेडिङ्ग गर्नु अति आवश्यक हुन्छ । यो माछाले खान नपाएको अवस्थामा आफ्नै साथीहरु खाने हुँदा यो माछालाई भोको अवस्थामा राख्नु हुदैन ।
ठूलो र सानो भुरा ससाना स्कुप नेट, माछा चाल्नीको प्रयोगले छुट्याउन सकिन्छ ।

ट्राउट माछाको प्रजनन काल कार्तिकको दोस्रो हप्ता देखि फागुनको दोस्रो हप्तासम्म रहन्छ ।

ट्राउट माछाको महत्व :
ट्राउट माछामा मानिसको दिमाग बढाउन अति आवश्यक पर्ने ओमेगा थ्री भन्ने तत्व सबैभन्दा बढी पाइन्छ । मानव शरीरका लागि अति आवश्यक १५ वटा एमिनो एसिडमध्ये १० वटा एमिनो एसिड यसमा पाइन्छ ।

काँडा कम र नरम भएका कारण ससाना बालबालिकाले समेत खान सक्ने, सुत्केरीले पनि खान मिल्ने, मुटु रोगीका लागि विशेष फाइदा पुग्ने हुन्छ । सेतो मासु भएकाले जुनसुकै बिरामीले पनि खान मिल्ने भएकाले पनि यसको महत्व अझै बढेको छ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments