धनकुटामा यस वर्ष मकै उत्पादन बढ्ने अनुमान

धनकुटा :जिल्लामा यस वर्ष मकै उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्ष भन्दा करिब १० प्रतिशत मकै उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र धनकुटाको अनुमान छ ।

यस वर्ष मकै खेतीका लागि अनुकुल वातावरण भएको, रोग किराको प्रकोप कम भएको, मल र विऊ किसानले समयमै पाएकोले अघिल्लो बर्षको तुलनामा १० प्रतिशत सम्म मकै उत्पादन बढ्ने कृषि ज्ञानकेन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनालले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष जिल्लामा १३ हजार ४ सय ६७ हेक्टरमा गरिएको खेतीबाट ४५ हजार १ सय ४५ मेक्ट्रिक टन मकै उत्पादन भएको खनालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments