जलवायु परिवर्तनका कारण मध्यपूर्वका राष्ट्रहरूमा पानी र खाद्यान्न अभावको जोखिम
![जलवायु](https://krishisuchana.com/app/uploads/2021/11/jalabayu.jpg)
दुबई :जलवायु परिवर्तनका कारण मध्यपूर्वका राष्ट्रहरूमा पानी र खाद्यान्नको अभावका साथै तापक्रममा उच्च वृद्धि हुने एक अध्ययनले देखाएको छ ।
इजिप्टमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको केही दिनअघि प्रकाशित ‘लिभिङ अन द एज’ शीर्षकको प्रतिवेदनले अल्जेरिया, इजिप्ट, लेबनान, मोरक्को, ट्युनिसिया र संयुक्त अरब इमिरेट्समा यस्ता समस्या केन्द्रित हुने जनाइएको छ ।
मध्यपूर्व विश्वको औसतभन्दा झण्डै दुई गुणा छिटो तापक्रम वृद्धि भइरहेको छ, जसले गर्दा त्यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका कारण ‘अत्यन्त संवेदनशील’ बन्दै गएको छ ।
प्रतिवेदनमा अध्ययन गरिएका छ वटा राष्ट्रहरूका सबै क्षेत्रमा पानीको अभावको उच्च जोखिम रहने, जसका कारण कृषि र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ ।
खडेरी र पानीको अभावले ती देशकहरूमा बाली उत्पादनमा असर पार्ने जसले गर्दा खाद्यन्न आयातमा निर्भरता बढाउने प्रतिवेदनमा जनाइएको छ ।