आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० , टनेल गोलभेडा सानो ६०,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ५०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ , गाजर १२०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, टाटे सिमी १५०, ब्रोकाउली ९०, कागती ११० रुपैयाँ, भिण्डी रू ५०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०,अनार ३८० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया ८०,छ्यापी सुकेको १४०, खु्र्सानी सुकेको ४६०, लसुन २१०, चाइनिज लसुन २६०,रुख कटहर ५०, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments