एक्कासी मरे माछा,६० लाख बराबरको क्षति
कैलाली, २२ असार :धनगढी उपमहानगरपालिका– १४ फुलबारीस्थित ‘सी’ गाउँमा स्थानिय कृषक कलावती जोशीले माछापालन व्यवसायका लागि निमार्ण गरेका पोखरीमा एक्कासी मरेका विभिन्न जातिका माछा । पोखरीमा हालेका झण्डै दुई सय क्विन्टल माछा एक्कासी मरेपछि रु ६० लाख बराबरको क्षति भएको व्यवसायी जोशीले बताएकी छन् ।
