ह्वात्तै बढ्यो भारतीय गोलभेडाको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ,भारतीय प्याज सुकेको ११२,नेपाली गोलभेडा सानो प्रतिकेजी ९० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १४०,टनेल गोलभेडा सानो १००,घिउ सिमी लोकल ९०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७८,भारतीय आलु रातो ५८,लौका ७०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी १०० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १७० रुपैयाँ,तने बोडी १२०,बन्दा लोकल ५० रुपैयाँ, मकै बोडी ८०,लोकल गाजर १५० रुपैयाँ, मूला रातो ५०,लोकल मूला सेतो २० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ,भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो ८०,भिण्डी ७०,कागती २२० रुपैयाँ,लोकल काक्रो १०० रुपैयाँ,तितो करेला ९० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ३३० रुपैयाँ,नेपाली मेवा ४०,भारतीय मेवा ९०,किवि ३३० रुपैयाँ,आभोकाडो २००,अम्बा ५०,फुजी स्याउ ३००,तरबुजा ८०,चाइनिज नासपाती २५०,अमला ७०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ६०० रुपैयाँ,चिचिन्डो ६०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी १३०,पालूगो साग १४०,प्याज हरियो १८०,लसुन हरियो ३००,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,लप्सी ५०,पिंडालू ६०,तामा ९०,स्कूस २०,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४३०, हरियो खुर्सानी १३०,भेडे खु्र्सानी १८० रुपैयाँ,लसुन सुकेको नेपाली २९०,चाइनिज लसुन सुकेको २७०,सेलरी ७००,पर्सले २०००,भटमासकोशा ६०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ९०,बरेला १४०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
