नेपाली स्याउले बजार लिएसङै ह्वात्तै घट्यो विदेशी फुजी स्याउको मुल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ,भारतीय प्याज सुकेको ११०,नेपाली गोलभेडा सानो प्रतिकेजी ८० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १३०,टनेल गोलभेडा सानो ९०,घिउ सिमी लोकल ९०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७८,भारतीय आलु रातो ६०,लौका ६०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ८० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १५० रुपैयाँ,तने बोडी ९०,बन्दा लोकल ४० रुपैयाँ, मकै बोडी ९०,लोकल गाजर १३० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो २५ रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ,भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ८०,भिण्डी ५०,कागती २२० रुपैयाँ,लोकल काक्रो ९० रुपैयाँ,तितो करेला ९० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३८० रुपैयाँ,भारतीय मेवा ९०,किवि ३३० रुपैयाँ,आभोकाडो २००,अम्बा ६०,फुजी स्याउ २५०,तरबुजा ८०,चाइनिज नासपाती २५०,अमला ६०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,चिचिन्डो ६०,चुकुन्दर ८०,रायो साग प्रतिकेजी १३०,पालूगो साग १४०,प्याज हरियो १८०,लसुन हरियो २५०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,लप्सी ५०,पिंडालू ६०,तामा ९०,स्कूस ३०,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २०० रुपैयाँ,खु्र्सानी सुकेको ४३०, हरियो खुर्सानी १२०,भेडे खु्र्सानी २५० रुपैयाँ,लसुन सुकेको नेपाली २९०,चाइनिज लसुन सुकेको २७०,सेलरी ७००,पर्सले २०००,भटमासकोशा ६०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ८०,बरेला १२०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?