क्रेडिट कार्ड र अत्याधुनिक ल्याब: कृषिको आधुनिक मुहार

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रको आमूल सुधार र आधुनिकीकरणलाई विशेष प्राथमिकता दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रमअनुसार, यसअन्तर्गत गुणस्तर मापदण्ड निर्धारण र प्रमाणीकरणसहित विशिष्ट पहिचान भएका कृषि उपजहरूको भण्डारण, ब्रान्डिङ तथा निर्यात प्रवद्र्धनमा सरकार जोडदार रूपमा लाग्ने नीति लिइएको छ।

कृषि क्षेत्रमा बढ्दो स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न विषादीको आयात र प्रयोग नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकार कठोर भएर लाग्ने प्रतिबद्धता जनाइएको छ। यसैक्रममा भन्सार बिन्दु र प्रमुख कृषि बजारहरूमा विषादी अवशेष परीक्षणका लागि अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिनेछ।

भूमिहीन, युवा, महिला तथा सीमान्तकृत समुदायलाई उत्पादन कार्यमा जोड्न बाँझो रहेका खेतीयोग्य जमिनको सदुपयोग गर्ने योजना अघि सारिएको छ। साथै, वास्तविक किसानको पहिचान र सुविधाका लागि किसान सूचीकरण, किसान परिचय पत्र र किसान क्रेडिट कार्डमार्फत सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउने गरी सरकारले नयाँ नीति तर्जुमा गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?