यसरी गरौं, बाख्रा पालन

बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने भए पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ/खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

खोर र गोठ व्यवस्थापन :
बाख्रा लाई बस्नको लागी पानी नजम्ने ठाँउमा यथेष्ठ घाम तथा हावाको प्रवाह हुने गरी एउटा बाख्रालाई १ वर्ग मिटर को ठाँउ पुग्ने गरी , जमिनबाट १ मिटर उठाई १/२”को दूरिमा काठ ठोकी टाँड बनाउनु पर्छ र घाँस राख्नको लागी टाट्नो बनाउनु पर्छ ।

बाख्रा यस्तो प्राणी हो जस्ले आफुले कुल्चेको घाँस खाँदैन । दैनिक रुपमा गोठको सरसफाई गरीरहनु पर्छ । खोरको अगाडि यार्ड बनाउन सके राम्रो हुन्छ । हिउँद तथा वर्षातमा मौसम अनुसार तातो र चिसोबाट बचाउने व्यवस्था मिलाउनु पर्छ ।

आहारा व्यवस्थापन :
बाख्राबाट अपेक्षित फाईदा लिन यिनिहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ । घाँसको साथै दैनिक २५० ग्राम दाना दिएर पाल्दा दैनिक ७०–८० ग्राम शारीरिक तौल वृदि भएको अनुसन्धानले देखाएको छ ।

पाठापाठीको राम्ररि हेरचाह गरी पाल्दा ९ महिनाको उमेरमा २० के.जि. सम्मशारिरक तौल पाईएको छ । बाख्राहरूलाई दाना बनाउदा घरमै पाईने मकै, भटमास, गहुँको चोकर वा धान (अन्नवाली) ७२ भाग, पिना गेडागुडी २५ भाग, नून १ भाग र लवणहरूको मिश्रण २ भाग राखी बनाउन सकिन्छ ।

बाख्रालाई शारीरिक तौलको ३–५५ सुख्खा पदार्थको आधारमा घाँस उपलब्ध गराउनु पर्छ । दैनिक ४–६ घण्टा चराएर पाल्दा राम्रो उत्पादन लिन सकिने अनुसन्धानबाट थाहा भएको छ ।

प्रजनन व्यवस्थापन :

बाख्राहरू वर्षमा २ पटक व्याउने तथा वाली लाग्ने गर्दछन्, खासगरी अश्विनरकार्तिक, फागुनरचैत्र यिनिहरूको व्रिडिङ सिजन हो । यस समयमा बाख्रालाई विषेश किसिमको हेरचाह चाहिन्छ । यथेष्ठ सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरूमा अण्डा र बोका हरूमा शुक्रकिट उत्पादन उच्च उत्सर्गमा पुग्ने हुँदा जुम्ल्याह जन्मन सक्ने सम्भावना बढि हुन्छ । प्रजनन गराउँदा शारीरिक अवस्था राम्रो भएको छनोट गरी नजिकको नातामा प्रजनन गराउनु हुँदैन ।

यस्तो भएमा जातिय उत्पादन क्षमतामा ह्रास आउने हुन्छ ।

बथानका बोका मिसाँउदा एक बोकाको लागी ४० वटा सम्म बाख्रा मात्र राख्नु पर्छ ।

एक वर्षको बोका भएपछि मात्र बाली लगाउनु राम्रो हुन्छ ।

नवजात पाठापाठीलाई ३/४ पटक दैनिक बिगौति दुध खुवाउने व्यवस्था मिलाउनु पर्छ ।

करिब ७/८ बेत ब्याईसकेपछि माउ बाख्राहरूलाई हटाउनु राम्रो हुन्छ ।

बथानमा प्रजनन्को बोका बाहेक अन्यलाई खसी पारिदिनु पर्छ ।

प्रजनन्को लागि बोका बाख्रा छनौट गर्दा राम्रो शारीरिक अवस्था भएको जुम्ल्याहा जन्मेको मध्यबाट छनौट गर्नु पर्दछ ।

प्रजनन् योग्य बोका बाख्रा नार्कको फर्महरू र जिल्ला पशु सेवा कार्यालयद्वारा स्थापित स्रोत केन्द्रबाट पाउन सकिन्छ ।

स्वास्थ्य व्यवस्थापन :
बाख्राहरूलाई बाहय तथा आन्तरिक परजिवीले निकै प्रभाव पार्ने हुन्छ । वर्षमा ४ महिनाको फरकमा बाहय तथा आन्तरिक परजिवी विरुद्घ डिपिङ्ग तथा डेन्चिङ गराउनु पदर्छ । डिपिङ्गको लागी ०.२५–०.५५ को बजारमा पाईने मालाथिएन, साइपरमेथ्रिनको झोलले सम्पूर्ण शरीर नुहाईदिने वा डिपिङ्ग टयाङ्कीमा डुबाईदिने ।

त्यसै गरी आन्तिरिक परजिविको लागी अलबेन्डाजोल, फेन्बेन्डाजोल ९५–७.५ एम.जि.र प्रति के.जि. शारीरिक तौलको हिसाबमा खुवाउने वा आईभरमेक्टिन सुई ९१ एम एल र प्रति ३० के.जि. शारीरिक तौलको हिसाबले छालामुनि लगाउँदा आन्तिरीक तथा बाहय दुवै परजिवीमा प्रभावकारी पाईएको छ । अन्य संक्रामक रोग पिपिआर, एचएस, खोरेत, इन्टरोटोक्सेमिया आदि विरुद्घको खोप नियमित रुपमा लगाउनु पर्छ । यसरी बाख्रालाई स्वस्थ राखी अधिकतम फाईदा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published.