आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौं :हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७९ कार्तिक २१ गते (सोमबार)
दिउँसो: प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि मौसम सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश १ र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र देशको अन्य पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।
२०७९ कार्तिक २२ गते (मंगलबार)
दिउँसो: प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।