माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०,मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी. २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कागती १८० रुपैयाँ,च्याउ(कन्य) प्रतिकेजी १३० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार लोकल लीच्ची प्रतिकेजी. १५०,अनार २५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

